बिमस्टेक मन्त्रीस्तरीय बैठक –मानव तस्करी अन्त्य गर्ने समझदारी



काठमाण्डौ १३ भदौ ।  बिमस्टेकको मन्त्रीस्तरीय बैठकले अन्तराष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबीच अन्तराष्ट्रिय अपराध नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए । बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताए ।

भोली प्रधानमन्त्री केपी ओलीले विमस्टेकको चौंथो शिखर सम्मेलन उद्घाटन गर्दैछन । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुख नेपाल आउने क्रम जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्