हो, हामीले राम्रो खेलेनौं: पारस खड्का



सैघाली खबर, २२ भदौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । टिमको खराब प्रदर्शनको जिमम्मा आफू र सिनियर खेलाडीहरुले लिने उनले बताए । एसिया कप छनोटमा सुरुमा यूएई र ओमानसँग हारेको नेपालले मलेसिया र सिंगापुर हरायो । तर, अन्तिम खेलमा हङकङसँग हारेपछि चौथो स्थानमा सिमित रह्यो ।

मलेसिया र सिंगापुरविरुद्ध पनि टिमको प्रदर्शन सन्तोषजनक थिएन । शुक्रबार स्वेदश फर्किएका कप्तान पारसले भने, ‘कप्तान र खेलाडी मैले पनि सोचे जस्तो प्रदर्शन गर्न सकिनँ । टिमका रुपमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकेनौं ।’ नेपालले आफ्नो क्षमताको ४० प्रतिशत मात्र प्रदर्शन गरेको उनको विश्लेषण छ । ‘हामी कसैलाई पनि दोष लगाउन चाहन्नौं ।

खेलाडीका रुपमा हामीने नराम्रो खेल्यौं । नराम्रो खेलेपछि नजिता राम्रो आउन सक्दैन’ उनले भनेका छन् । राम्रो नखेलेको जिम्मेवारी टिममा रहेका सिनियर टिमले लिने समेत पारसले बताएका छन् । ‘यदि हामीले राम्रो गरेको भए युवा खेलाडीहरुले पनि कम दबाव महसुस गर्थे’, उनले भने, ‘हामीसँग राम्रा खेलाडीहरु छन् । हामीले प्रयास पनि गर्‍यौं । तर, नराम्रो प्रदर्शन गरेपछि जिम्मेवारी लिन्छौं । हामीले नै नराम्रो खेलेका हौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्