प्रकाण्ड प्रकरण : ४८ घण्टा भित्र उपस्थित गराउन सर्वोच्चको आदेश



दाङ, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डकाे गिरफ्तारी विरुद्ध हिजो सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण परेको रिटकाे सुनुवाइ भएको छ ।

उच्च अदालतका न्यायाधीश डा. अानन्द माेहन भट्टराईकाे एकल इजलासले ४८ घण्टा भित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन अाज अन्तरिम अादेश जारी गरेको छ ।

४८ घण्टा भित्र सर्वोच्चमा बन्दीसहित कारण देखाउ अन्तरिम अादेश जारी गरेको सर्वोच्च अदालत स्राेतले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका प्रकाण्डलाई दाङ जिल्ला प्रहरीले भदौ २० गते गिरफ्तार गरि जिल्ला अदालतमा बम विस्फोट, कर्तव्य ज्यान मुद्दा लगाइएको छ । जिल्ला अदालत दाङले ३ दिनको थप म्याद थप पछि अहिले उहालाई दाङ हिरासतमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्