खसी–बोकाको बिक्री सुरु



सैघाली खबर, ७ असोज ।

सिन्धुलीको ग्रामीण क्षेत्रका पशुपालक किसानले दसैंका लागि खसी–बोकाको बिक्री सुरु गरेका छन् । नेपालीको महान चाड दसैंका लागि खसीबोका भित्र्याउन व्यापारीको चहलपहल भएसँगै सिन्धुलीका पशुपालक किसानले पनि खसीबोकाको बिक्री सुरु गरेका हुन् ।

व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गरेका गाउँका किसानले खसीबोका बिक्री गरी दसैंका लागि खाद्यान्न र लत्ताकपडा किन्ने गरेका छन् ।

जिल्लामा यस वर्ष जिउँदो खसी प्रतिकिलो ५ सयदेखि ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी प्रतिकिलो ७ सयदेखि ९ सय रुपैयाँका दरमा बोका बिक्री भइरहेको छ ।

व्यापारीहरुले यस वर्षको दसैंका लागि सिन्धुलीमाडीबाट काठमाडौं, पोखरा, जनकपुरलगायतका विभिन्न स्थानमा करिव ६५ हजार खसीबोका निर्यात गर्ने जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्