एक्लै पहाड खनेपछि फेरिएको चन्द्रविरको जिन्दगि (भिडियो)



सैघाली खबर, १९ असोज ।
दाङ तुलसीपुर उपमहानगरपालिका देखि ७ किलोमिटर पर जंगलको बिचमा छ चन्द्रविर ओलीको घर । जुन ठाँउलाई सातताले खमारी जंगल पनि भनिन्छ । ११ जनाको परिवार । झट्ट सुन्दा निकै रमाईलो र सुखि होला जस्तो लाग्छ । तर बिडम्वना ११ जनाको उक्त परिवारमा आठ जनाले आँखा देख्दैनन् ।

अव आफै कल्पना गर्नुस्, जंगलबिचको घर, आखाँ नदेख्ने परिवार कसरि दैनिकि चलिरहेको छ होला ? कसरि यता उता जान्छन् होला ? भिरको बाटो बुट्यानहरु समाउदै हिड्दा कति सुरक्षित ? सोच्दै जादा हजारौ प्रश्न उव्जिन्छन् । चन्द्रविरको घरदेखि सडकसम्म पुग्न दुई किलो मिटरको दुरी छ ।

दुई बर्षअघि ७२ बर्षको उमेरमा चन्द्रविरले एउटा वेग्लै सोच बनाए । ति भिरहरुलाई सम्याउदै सडक सम्म पुग्ने बाटो खन्ने उनमा सोचाई आयो । र त दुई बर्ष लगातार घाम, पानी, जाडो, चाडपर्व केहि पनि नभनि चन्द्रविरले बाटो खनिरहे । र घरदेखि सडकसम्म जोड्ने दुईकिलोमिटर बाटो एक्लै खन्न सफल पनि भए । अहिले चन्द्रविरले खनेको उक्त बाटोमा मोटरसाईकल देखि साना गाडिहरु पनि गुडाउन सकिन्छ ।

दुई किलोमिटर बाटो खनिरहदा न त चन्द्रविरलाई कसैले सहयोग नै गर्यो । न त उनलाई कसैले कुनै सामग्रि नै उपलव्ध गराए । चन्द्रविरले आफ्ना घरेलु औजारहरुको प्रयोग गरी बाटो खनेका थिए । सानैमा मुग्लान पसेका उनि उमेरले ४० कटेपछि मात्रै घर फर्किएका थिए । घर फेर्केको केहि समय पछि चन्द्रविरले विवाह पनि गरे । तर आँखा नदेख्ने श्रीमतिलाई बेहुली बनाएर भित्राए । बिडम्वना सन्तान पनि आँखा नदेख्ने नै जन्मिन पुगे । र त ७२ बर्षको उमेरमा, स्वास्थ्यको प्रवाहै नगरि ती सन्तान र श्रीमतिको सहजताकालागि दुई बर्ष मेहनत गरेर बाटो खने ।

जव चन्द्रविर एक्लैले दुई किलोमिटर बाटो खने त्यसपछि विस्तारै उनको यथार्थताबारे सबै ठाँउमा कुरा पुग्न थाल्यो । अनि सहयोग रकम पनि जुट्न थाल्यो । सैघाली खबरले पनि खाद्यान्न लगाएतका सामग्रि चन्द्रविर ओलीको परिवारकोलागि हस्तान्तरण गर्यो भने सोहि परिवारकोलागि भनेर सहयोग अभियान पनि चलायो ।

बर्षौ देखि जंगलको बिचमा टुक्किको सहारामा जिवन गुजार्दै आएको उक्त परिवारकोलागि सैघाली खबरकै पहलमा बिद्युत्त जडानको लागि आर्थिक सहयोग अभियान पनि चल्यो । अन्ततः देश बिदेशबाट संकलिन रकमले चन्द्रबिरको घरमा बिजुलि पुग्यो । र ७४ बर्षिय चन्द्रविरको मुहार खुसिल चम्कियो ।

चन्द्रविर अहिले उमेरले ७४ बर्षका भए । आँखा नदेख्ने परिवारको सहजताकालगि दुई बर्षअघि एक्लैले दुई किलोमिटर बाटो खनिसकेपछि साच्चै चन्द्रविरको जिन्दगि वदलियो । उनको जिन्दगिले नयाँ मोड लियो । खाद्यान्न, लत्ताकपाडा र नगद बिभिन्न ठाउँबाट उनको परिवारलाई जुट्दै गयो ।

यसैक्रममा पछिल्लो समय कास्की पोखरा १० घर भएका राज बहादुर गुरुङले अमेरीकाबाट सैघाली खबरको माध्यमबाट तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराउनुभयो । राजबहादुरका भाई श्यामले स्वयम् चन्द्रविर ओलिको घरमा पुगेर उक्त रकम हस्तान्तरण पनि गरिसक्नुभएको छ । रकम हस्तान्तरणका क्रममा औजारकालागि भन्दै छुट्टै १० हजार रुपैया पनि उपलब्ध गराईएको थियो ।

हो, सेवा नै धर्म हो । जो जतिले चन्द्रविरको परिवारकोलागि भन्दै खुला रिदयले सहयोग गर्नु भयो उहाँहरु सबैप्रति नमन । कहालि लाग्दो परिवारको कथा व्यथा जुन सकै माध्यमबाट सुन्नुभयो या हेनुभयो, त्यसपश्चात सहयोग गर्छु भन्ने भावना तपाईले जगाउनु भयो, हो अव चन्द्रविरकोलागि तपाई नै भगवान हो । दुःख पर्दा जस्ले साथ दिन्छ, हात दिन्छ उ नै सबैभन्दा प्रिय मानिन्छ । त्यसैले चन्द्रविरकोलागि सहयोगि दाताहरु सबै प्रिय नै हुन् । हाम्रो सानो सहयोगले कसैको जिन्दगिमा खुसिको बहार ल्याउछ भने हामिले उनिहरुलाई त्यो खुसि दिने प्रयास गर्नुपर्छ ।

११ जनाको चन्द्रविरको परिवारमा चन्द्रविर स्वयम्, कान्छो छोरा र कान्छीबुहारी गरी तीन जनाले मात्रै आखाँ देख्छन् । हो, हामि फेरी पनि भन्छौ, साच्चिकै चन्द्रविरको परिवारलाई सहयोगको आवश्यक्ता छ, त्यसैले जस्ले जहाँबाट जे जति हुन्छ मन खोलेर सहयोग गरौ । चन्द्रविरको जिन्दगिमा अलिकति भएपनि खुसि दिने प्रयास गरौ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्