कपिलवस्तुको कृष्णनगरमा अनिश्चित कालिन कफ्र्यु



सनिउल्ला धोबी

कपिलवस्तु कार्तिक, ४
दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुदा कपिलवस्तु प्रशासनले कफ्र्यु लगाएको छ । शनिबार देखी कृष्णनगर विवाद ग्रस्त बनेको थियो । विवाद २ दिन सम्म पनि साम्य नभए पछि स्थिती नियन्त्रणमा लिन आइतबार साझ ५ बजेबाट अनिश्चितकालिन कफ्र्य लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानिय प्रशासन ऐन २०२८ बमे दफा ६ को (क) अनुसार आइतबार साझ ५ बजेदेखि अर्को आदेश नभए सम्म कृष्णनगर देखि उत्तरमा वडाया पोखरी , पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपालभारत दश गजा क्षेत्रमा कफ्र्यू लागेको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले जनाउनु भएको छ । दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू जारी गरिएको बताए ।

कृष्णनगर बजारमा समुह बनाएर हिडडुल गर्न, जम्मा हुन, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने प्रजिअ पोख्रेलको बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्