महिला फुटबल छनोटमा आज नेपाल र थाइल्यान्ड भिड्दै



सैघाली खबर, ७ कार्तिक ।

एएफसी अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिप छनोटका खेलहरु आजबाट थाइल्यान्डमा सुरु हुँदैछन् । नेपालले समुह बी. को आफ्नो पहिलो खेलमा आयोजक थाइल्यान्डको सामना गर्दैछ ।

महिला फुटबलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डसँग उसैको मैदानमा आज हुने खेल नेपालका लागि कठिन हुनेछ । यो खेलबाट आयोजकसँग अंक बाँड्ने रणनीति नेपाली टोलीले बनाएको छ ।

नेपालले छनोट चरणको दोस्रो खेल कार्तिक ९ गते भारतसँग तथा अन्तिम खेल कार्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ । पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् ।

समूहमा शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने समुह उपविजेतामध्ये उत्कृष्ट दुई टोली पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्