८ महिने शिशुका हत्यारा प्रहरीको जालमा



जनकपुरधाम : महोत्तरीको औरही नगरपालिका वडा नं. १ की ८ महिने शिशुलाई अपहरण पश्चात बलात्कार गरी हत्या गरेका अभियुक्त दुई महिनापछि प्रहरीको फन्दामा परेका छन्।

पक्राउ पर्नेमा बालिका खेलाउन लग्छु भनी अपहरण गर्ने महोत्तरी भंगाहा नगरपालिका वडा नं. ६ जमुनियाका २५ वर्षीय भरत साह रहेका छन्।  अभियुक्त साहलाई सप्तरी र सुनसरीको सीमा सप्तकोसी पुलबाट प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको हो। अभियुक्त साहलाई सुनसरीबाट गत आइतबार नै महोत्तरी झिकाइएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले जनाए। विगत दुई महिना देखि महोत्तरी तथा धनुषा सहित सिमावर्ती क्षेत्रमा साहको खोजी गरिएपनि उनी फेला पार्न सकेका थिएनन् ।

औरही बजार चौकमा बालिकाकी आमा ईन्देश चौधरीले संचालन गरेको सिद्धान्त फेन्सी स्टोर्सबाट ८ महिने बालिकाको भदौ १० मा साँझ ६ बजे खेलाउने बहानामा अपरण गरिएको थियो। बालिका अपहरण गरेको प्रमाण चौधरीको पसलमा रहेको सीसीटीभी फुटेजको आधारमा उनको खोजी गर्दै आएको थियो। अभियुक्तले बालिकालाई अपहरण गरेर बलत्कारपछि हत्या गरेर फालेको अवस्थामा भदौ ११ गते अपरान्ह भंगाहा नगरपालिका वडा नं.७ स्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको थियो ।

प्रहरीका अनुसार अपहरणकै दिन अबोध दुधे शिशुसंग दुष्कर्म गरेर हत्या गरेको अभियुक्त साहले स्वीकार गरिसकेको प्रहरी उपरिक्षक कार्कीले जनाए। उनले भने, ‘अभियुक्तले शिशुलाई करणी पछि हत्या गरेको स्वीकार ग¥यो । साहमाथि अपहरण, जबरजस्ती करणी र हत्या मुद्दा चलाइएको छ ।’

thhakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्