काँग्रेसी नेतालाई जुवा खेलाएको आरोप , गलत सूचना दिनेलाई सिडिओले कार्वाही गर्नै कि नगर्नै ?



कोजाग्रत पुर्णीमाका दिन जुवा खेलाएको भन्दै नेपाली काँग्रेसका क्षेत्रन ं ३ का क्षेत्रीय सभापति भुप बहादुर डाँगिको घरमा प्रहरीको छापा परेको बिषयमा डाँगिले आपत्ति जनाउनुभएको छ ।

भुप बहादुर डाँगिको सामाजिक मान प्रतिष्ठामा आँच आउनेगरी अनुसन्धान अनुसन्धानका प्रहरी प्रमुख टेकराज तिमल्सीना एसपिको नेतृत्वमा जनपद र शसस्त्र प्रहरीको टोलिले करीब २ घण्टा घेरा बन्दिगरी हिंजो ७ गते छापा हानिएको पिडित भुप बहादुर डाँगिले सैघाली खबर लाई बताउनुभयो ।

“जिल्ला प्रहरी कार्यालय दाङका मुद्धाका प्रहरी निरीक्षक धनदेव शाउद ले फोन गरेपछि पारीवारीक जमघटका बिचमा

मैले च्यालनगेट खोलेको हुँ” । डाँगि ले भन्नु भयो ।

दाङका प्रमुख जिल्ला आधकारी को ठाडो आदेशमा गलत सूचनाका आधारमा आफ्नो घरमा छापा हानिएको भन्दै डाँगिले गलत सूचना दिने लाई सार्वजनिक गरी कार्वाही गर्न माग गर्नुभयो ।

नेपाली काँग्रेसको परम्परा अनुसार क्षेत्रिय पार्टि सभापतिको नाताले आयोजना गरिएको रात्रि भोजमा प्रहरीले आमन्त्रित पाहुनाहरुमाथि अभद्र व्यवबहार गरेको भन्दै अपमानीत पाहुनाहरु संग क्षमा याचना गर्नुभएको छ ।

“छोरी,ि ज्वाँई, इस्टमीत्र, विभिन्न पार्टिका आफुनिकट विसिस्ट व्यक्तिहरुको जमघटमा प्रहरीले छापा हान्दा मेरो सामाजिक मान मर्दन भएको छ ” डाँगिले भन्नु भयो ।

दाङ जिल्लामा प्रहरीको सेटिङ्गमा जुवा खेलाईएको भन्ने सुचनाको आधारमा दाङ जिल्ला क्षेत्र नम्बर ३ का ुभापति नेपाली काग्रेशका नेता भुप बहादुर डागीको घरमा जुवा खेलिएको भनेर छापा मारेर पैशा बरामद गरेको भन्ने सुचना गलत भएको भन्दै सैघाली खबर डटकम संगको कुराकानीको क्रममा बोल्दै भन्नुभयो ।कोजागत पुर्णिमाको दिन नेपाली काग्रेशको जलपान कार्यक्रम सधै हुन्छ र त्यस अन्तर्गत हिजो बिभिन्न पार्टीका साथीहरु र सुभचिन्तकहरु भेला भएको प्रहरी गएर छापा मारेको रहेछ उहाले भन्नु भयो।जनपद, शसस्त्र,अनुसन्धाको एसपीको नेतृत्वमा सिडीयो सापको निर्दैशनमा त्यहा गएर सम्पुर्ण घरको खान तलासी गरीयो मैले आम्रत्रणा गरेको पाहुणाहरमा पुलिसको जुन किसीमको ज्या जिती भयो त्यस प्रति क्षमा माग्न चाहन्छु डागीले भन्नु भयो।कोही बाटोमा कोही ड्रममा कोही भागाभागको स्थिती थियो दुइ लाख चाही प्रहरीले बरामद गरयो भन्ने हल्ला छ भन्ने सैघाली खबरको प्रशनमा ,उहाले भन्नु भयो सिडीयो लाई गलत समाचार कसले दियो यो सम्पुर्ण समाचार सहि हो भने भुप बहादुर डागीलाई कारवाही हुनुपर्छ होइन भने गलत सुचना दिने लाई कार्वाही हुनुपर्छ ।

यता प्रहरीले दिएो जानकारी अनुसार डाँगीको घरमा जुवा खेल्दै आएको भन्ने गोप्य सुचनाका आधारमा छापाका मारेको दाङका अनुसन्धानका प्रहरी प्रमुख टेकराज तिमल्सीनाले जानकारी दिनुभयो । करिब तीन घण्टा लगाएर अनुसन्धान गरेको उहाँले बताउँनुभयो । अनुसन्धानका क्रममा ३४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु बाट नगद २ लाख फेला परेको छ । उनिहरुलाई ट्वाईलेट,बाथरुम, लगाएतका स्थानबाट पक्राउ गरिएको प्रमुख तिमल्सीनाले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा डाँगीको घरबाट भने कुनै जुवा खेलेको प्रमाण भने फेला नपरेको बताउनुभयो । कुनै प्रमाण नभेटेपछि उनिहरुलाई आज विहान १० बजे जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित हुने गरी ३४ जनालाई सामान्य कागज गरी छाडेको जिल्ला प्रहरी कार्या दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्