साफ यू-१५ च्याम्पियनसिप : ४-० गोलले पाकिस्तान विजयी



साफ यू–१५ च्याम्पियनसिप फुटबल अन्तरगत शनिबार भएको पहिलो खेलमा पाकिस्तानले भुटानलाई ४-० गोलले पराजित गरेको छ । पहिलो हाफमा ४ गोल गरेको पाकिस्तानले दोस्रो हाफमा कुनै पनि गोल थप्न सकेन । खेलको २४औँ मिनेटमा पाकिस्तानका मुदासार नाजारले पहिलो गोल गरे भने त्यसको ३ मिनेटपछि दोस्रो गोल अफ्तिखार अहमदले दिलाएका हुन् ।

त्यस्तै ३७औँ मिनेटमा पाकिस्तानका मोइन अहमदले तेस्रो गोल गरे । मोइन अहमदले नै पाकिस्तानका लागि खेलको ४५औँ मिनेटमा चौथो गोल दिलाएका थिए । अखिल नेपाल फुटबल सङ्घ एन्फा मैदान सातदोबाटोमा खेल भएको हो ।

शनिबारको दोस्रो खेल माल्दिभ्स र बंगलादेशबीच हुनेछ । विहीबार भएको खेलमा पाकिस्तानले २–१ गोलले भारतलाई पराजित गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्