जीप दुर्घटना, २ को मृत्यु



काभ्रे – काभ्रेको मन्डनदेउपुर नगरपालिका–५ मा रहेकाे ढकालथोकमा शनिबार बा ३ च २८७ नम्बर को जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिनुभए अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर-४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

पराजुली काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका थिए । घाइते ४ जना लाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्