एएफसी यू–१९ महिला फुटबल : नेपाल पाकिस्तान भिडन्त



काठमाडौं : एएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले आइतबार पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ।  थाइल्याण्डको चिनबुरी रंगशालामा आइतबार नेपाली समय अनुसार २ः४५ मा खेल सुरु हुने छ। भारतलाई पराजित गरेको नेपालको छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो छ।

भारतलाई हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रने छ। समुहमा थाईल्याण्डकाे ६ अ‌ंक रहेकाे छ भने भारत र नेपालको समान ३ अंक छ। पाकिस्तान भने अंकविहिन छ।

समूहको शीर्ष टोली सिधै दोस्रो चरणमा छनोट हुनेछ। समुहमा दोस्रो बन्ने टोलीले उत्कृष्ट उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना रहन्छ।  नेपाल समूह चरणको पहिलो खेलमा थाईल्याण्डसँग पराजित भएको थियो भने भारतलाई पराजित गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्