‘स्लो बाईक रेश’ प्रतियोगिता हुने



 

 

तुलसीपुरमा ‘स्लो बाईक रेश’ प्रतियोगिता हुने भएको छ । बिगतका बर्षहरु जस्तै यस बर्ष पनि तुलसीपुर नगर जेसिजको आयोजनामा उक्त प्रतियोगिता हुने छ । मंसिर ८ गते शनिबार बिहान ८ बजेदेखि अरणीको मैदानमा प्रतियोगिता शुरु हुने छ । तिब्र गतिले सवारी दुर्घटना बढिरहेको भन्दै सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधनलाई बिस्तारै चलाउनु पर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दिपेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि फार्म खुल्ला समेत गरिएको छ । ८ गते बिहान ८ बजेसम्म नाम दर्ता गराउन सकिने छ । फार्म शूल्क पाँच सय तोकिएको छ । प्रतियोगिताबाट प्रथम हुनेलाई दश हजार रुपैँया, द्धितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तीनहजार पुरस्कार समेत प्रदान गरिने प्रतियोगिता संयोजक केशबराज केसीले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्