२४५ थान पासपोर्ट सहित तीन जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलिले २४५ थान पासपोर्ट सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २७ गते उनीहरुलाई पासपोर्ट सहित प्रहरीले धुम्बाराहीबाट पक्रउ गरेको हो ।

त्यस्तै पक्राउ परेका व्यक्तिहरुको नाम भने खुलाइएको छैन । उनीहरुलाई थप कारबाहीका लागि श्रम तथा बैदेशिक रोजगार विभागमा २८ गते बुझाइएको प्रहरी स्रोतले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्