महतोको हत्याको आरोपमा तीन जना पक्राउ



जनकपुरधाम : हत्याको आरोपमा तीन जना पक्राउ परेका छन्। औरही नगरपालिका–२ फूलबरियाका ४० वर्षीय बच्चु महतोको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ की २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ। पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्