मोबाईल चोरी गर्ने एक जना दाङमा पक्राउ



दाङ ।

मोबाइल चोरीको अभियोगमा बोहरा पक्राउ जिल्ला प्रहरी कार्यालय दाङले मोबाइल चोरीगरेको आरोपमा निम बहादुर बोहरालाई पक्राउगरी थप अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ ।

प्यूठान देविस्थान वडा नं ४ का निम बहादुर बोहरालाई  घोराही  उपमहानगरपालिका वडा नं १४ नयाँ बसपार्क बाट मंसीर २८ गते साँझ सामसुङ्ग जे ५ ब्राण्डको मोबाइल थान १ र ओप्पो कम्पनिका मोबाइल सेट्सहरु २ थान चोरीगरेको भन्ने उजुरीका आारमा बोहरालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङ ले बिज्ञप्ति मार्फत जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्