अबैध रुपमा बालुवा गिट्टी ओसारपसार गर्नै दुई ट्याक्टर नियन्त्रणमा



चितवन । अवैध रुपमा सञ्चालित ढुंगा, गिट्टी, बालुवाको उत्खनन अझै नियन्त्रणबाहिर नै रहेको छ । खैरहनी र राप्ती नगरपालिकामा उक्त अबैध कार्य अझै रोकिएको छैनन् ।

स्थानीय सरकारको सिफारिस पछि मात्रै उत्खनन् गर्न पाउने व्यवस्था रहेपनि यहाँ अवैध कार्यले निरन्तरता पाईरहेको छ । पछिल्लो एक साताको अवधिमै खैरहनी र राप्तीबाट अवैध गिट्टी, बालुवा उत्खन्नमा संलग्न १८ ट्याक्टर नियन्त्रणमा लिईएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले खैरहनीका विभिन्न खोलाबाट १६ वटा ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार राप्ती, लदरी र कयर खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरेका ती ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिईएका ट्याक्टरलाई कारवाहीस्वरुप जरीवानाका लागि नगरपालिकामा पठाईएकोमा केही ट्याक्टरले जरिवाना बुझाउन अझै बाँकी नै रहेको उनले जानकारी दिए ।

त्यस्तै, इलाका प्रहरी कार्यालय भण्डाराले पनि माटो उत्खनन् गरेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिईएको छ । कार्यालयका प्रहरी निरीक्षक बसन्त आचार्यले नगरपालिकाको सिफारीस बिना नैै माटो उत्खनन् गरेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिईएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्