चर्चित वेबसाइट ‘कोरा’ ह्‍याक हुँदा १० करोड प्रयोगकर्ताको डाटा चोरी



पछिल्लो समय विज्ञान र प्रविधिको बढ्दो प्रयोग भइरहेको छ । विज्ञान र प्रविधिको विकाससँगै यसका नकारात्मक पक्षहरुपनि बढिरहेका छन् । त्यस्तै प्रश्‍न–उत्तर दिनको लागि बनाइएको एउटा चर्चित वेबसाइट कोरा ह्‍याक गरी ह्‍याकरले १० करोडभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी गरेका छन् ।

ह्‍यारकले कोराका प्रयोगकर्ताको नाम, इमेल ठेगाना तथा उनीहरुको पासवर्ड चोरी गरेको कोराका सिइओ एडम डीएंजेलोले एउटा ब्लगमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘ह्‍याकरले तेस्रो पक्षको सहायताले हाम्रो सिष्टममा अवैध तरिकाले पहुँच बनायो र उनले हाम्रो प्रयोगकर्ताको सूचनाहरु चोरी गर्‍यो। सूचना चोरी हुने प्रयोगकर्ताहरुले हामीलाई जानकारी गराएका छन्। हामी डिजिटल फोरेन्सिक फर्ममा जाँच गरिरहेका छौं।सरकाररी अधिकारीहरुलाई समेत जानकारी दिएका छौ।’

ह्‍याकर्सले एकान्ट इन्फरमेशनका साथै सार्वजनिक सरोकारका विषय र काम कारबाहीहरु ९ सवाल, जवाफ, कमेन्ट्स, अपभोट्स० तथा गैर सार्वजनिक सरोकारका विषय र कामकारबाहीहरु ९उत्तरका लागि अनुरोध, डाउन भोट्स, डारेक्ट म्‍यासेजहरु०सँग जोडिएका जानकारी समेत चोरी गरेको बताएका छन्।

उनका अनुसार अब भने प्रयोगकर्ताको इमेल अकाउन्ट भने लग(आउट हुन थालेको छ । तर कुनै पनि प्रयोगकर्ताले पुरानो पासवर्ड हाहलेमा उसलाई अस्विकार गरिदिन थालिएको छ।

कम्पनीले प्रयोगकर्ताहरुलाई आफ्‍नो पासवर्ड बदल्‍ने सल्लाह दिएको छ। साथै यदि प्रयोगकर्ताले आफ्‍नो अकाउन्ट हटाउन चाहेमा प्राइभेसी सेटिङमा गएर हटाउने सक्नेछन् । तर यसअघि प्रयोगकर्ताले उक्त कुरा कन्फर्म गर्न अनुमति भने माग्‍नेछ ।कोरा इन्क एण्ड वेबसाइटको स्थापना सन् २००९मा भएको थियो जसलाई फेसबुकका दुई पूर्वकर्मचारी डी एन्जोलो र चार्ली चीवरले गरेका थिए। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्