प्रभु बैंकको ब्राण्ड एमबेस्डरमा जितु र केदार



काठमाडौं । हास्यकलाकारद्वय जितु नेपाल र केदारप्रसाद घिमिरे (माग्ने) प्रभु बैंकको ब्राण्ड एम्बेस्डर बनेका छन् । प्रभु बैंकले आउँदो एक वर्षका लागि उनीहरुलाई ब्राण्ड एमबेस्डर बनाएको हो ।

एक वर्षको प्रचार जिम्मा लिँदै जितु र केदारले मंगलबार मात्रै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार उनीहरुले एक वर्षसम्म यस बैंकले गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनेछन् भने विभिन्न कार्यक्रममार्फत यस बैंकको सेवा र सुविधाका बारेमा जानकारी दिनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्