श्रीमती र छोरालाई हत्या गरी खोलामा बगाएको आरोपमा एक पक्राउ



हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले श्रीमती र छोरीको हत्या गरेर खोलामा बगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। मंसिर १७ गते हेटौँडा–१९ स्थित नेवारपानीमा २५ वर्षीया श्रीमती लालमुन खातु र १ वर्षीयका छोरा रोशन खातुनको हत्या गरेर फरार रहेका भारत बिहारस्थित मोतिहारी थाना रामगढाग्राम पञ्चायत बेलहिया गाउँ–८ घर भई हाल हेटौँडा–५ मा डेरा लिएर बस्दै आएका २६ वर्षीय महम्दरमजान मियाँ दर्जीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नो भाइ अरमान मियाँसँग मिलेर श्रीमती र छोराको हत्या गरेको प्रहरीका भनाइ छ। भाइ भने फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङका अनुसार मंसिर ५ गतेबाट कामका लागि हेटौँडा आएका श्रीमान्‍श्रीमतीबीच सम्बन्ध राम्रो थिएन। ‘

श्रीमतीले अरूसँग शारीरिक सम्पर्क राखेको आरोप श्रीमानले लामो समयदेखि लगाउँदै आएको अनुसन्धानको क्रममा देखिएको छ,प्रहरी उपरीक्षक गुरुङले भने, भाइसँग मिलेर छोरीको हत्या गरेर खोलामा बगाइएको र श्रीमतीको हत्या गरेर खोलाभित्र गाडिएको अनुसन्धानको क्रममा खुलेको छ।उनका अनुसार बच्चाको शव मंसिर १८ गते र श्रीमतीको शव २२ गते भेटिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्