उद्यमशीलता विकास सम्बन्धी बृहत सम्मेलन काठमाडौंमा हुँदै



काठमाडौं। काठमाडौंमा उद्यमशीलताको विकास सम्बन्धी बृहत सम्मेलन हुने भएको छ। देशमा व्यापार व्यवसाय सुरु गर्न चाहनेलाई लक्षित गरी आगामी शनिवारर काठमाडौंको सोल्टी होटलमा सम्मेलन गरिने आयोजकले जनाएको छ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ उद्यमीहरुले नयाँ सोचका साथ नयाँ काम तथा उद्यम गर्न सिकाइने जानकारी दिइएको हो।

उक्त सम्मेलनमा नेपालीसहित अमेरिका, फिनल्याण्ड, मलेसिया, सिंगापुर, चीन, थाइल्याण्ड, भारत, बंगलादेशसहित ३२ जना अन्तर्राष्ट्रिय स्पीकरले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनमा ६० जना भन्दा बढी लगानीकर्तासहित १ हजार ५ सय जनाको सहभागिता रहने छ। साथै ७२ भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ।
कार्यक्रमको समापन उद्योगी विनोद चौधरीले गर्ने आयोजकले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्