इजाजतविना भुक्तानी कारोबार गर्नेमाथि कारवाही -अर्थमन्त्री



काठमाडौं ।अर्थमन्त्री डा। युवराज खतिवडाले इजाजतविना नै भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कडा कारवाही भुक्तानी तथा फर्छ्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५आवश्‍यक रहेको बताएका छन्।

अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीलाई सचेत गराए।

अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाँची हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समिति नै गठन गरेको पनि स्मरण गराए।

उनले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सो सम्बन्धी बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्