फेसबुक ह्याकिङ्ग हुनबाट यसरी जोगाउँनुहोस्



कसैले चाहदैन आफनो फेसबुक प्रोफाइल कसैले ह्याक गरोस तर हामीबाट कहिले काही जानी नजानी यस्तो गल्ति हुन्छ जसले गर्दा हाम्रो फेसबुक ह्याक हुन जान्छ ।

हैकिंग बाट बच्न केहि कुराको ध्यान दिनु आवश्यक छ । जसले तपाईको फेसबुक प्राफाइललाई सुरक्षित गर्नमा मद्धत गर्छ । यो अरु केहि हैन तपाईको फेसबुकमा दिएको जानकारी मात्र हो जसलाई तपाईले ध्यान दिएर फ्ल्वो गर्नु पर्छ ।

ईमेल आईडी
आफनो फेसबुक अकाउन्टको लागि छुट्टै इमेल आइडिको प्रयोग गर्नुहोस । यो इमेल आइडिलाई आफनो फेसबुकको अकाउन्टमा नराख्नुहो्स । इमेल आइडिले फेसबुक ह्याक गर्न एकदमै सजिलो हुन्छ यसैको फाइदा ह्याकर्सहरुले लिन्छन ।

सिक्योरिटी प्रश्न
फेसबुक अकाउंट बनाउने समयमा तपाईसंग एउटा सिक्योरिटीका लागि प्रश्न सोधिने गर्छ , पासवर्ड बिर्सीएको समयमा वा अन्य सेटिंग्सको समयमा तपाईसंग सोधिने गरिन्छ । आफनो अकाउंट सुरक्षित बनाउनका लागि यसको प्रश्न र उत्तरलाई कठिन बनाउनुहोस ताकि तपाई बाहेक अरुले दिन नसकुन र तपाईको अकान्टबाट पनि यसको उत्तर खोज्न नमिलोस ।

अकाउंट रिकवर गर्ने
तपाई आफनो साथिहरुको माध्यमले आफनो अकाउन्ट रिकवर गर्न सक्नुहुन्छ । यसको लागि तपाईको पासवर्ड तपाईका ३ जना साथिहरुलाई पठाइन्छ जसलाई तपाईले रोज्नुहुन्छ । यसपछि आफनो अकाउन्टलाई प्रोटेक्ट गर्न आफनो ति ३ जना साथिहरुको मद्धतले अकाउंटलाई एक्सेस गर्न सक्नुहुन्छ ।

पासवर्ड परिवर्तन गरिरहनुहोस
आफनो अकाउन्टलाई सुरक्षित राख्नका लागि आफनो फेसबुक अकाउंटको पासवर्ड परिवर्तन गरिरहनुहोस थोरै झन्झटिलो लाग्न सक्छ तर ह्यार्कसबाट बच्न यो राम्रो उपाय हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्