मंगलग्रहमा भेटियो हिउँ भरिएको खाल्डो



युरोपेली अन्तरिक्ष नियोगको मंगल एक्सप्रेस मिसनले मंगल ग्रहमा ठूलो खाल्डोमा हिउँ भेटेको छ । हिउँले भरिएको खाल्डोको तस्वीर पनि जारी गरिएको छ ।

वैज्ञानिकहरूले अर्को ग्रहमा अहिलेसम्म भेटिएको यो नै सबभन्दा ठूलो हिउँ खाल्डो भएको बताएका छन् । पन्ध्र वर्षअघि प्रक्षेपण गरिएको मार्स एक्सप्रेसले मंगल ग्रहमा हिउँ र हिमनदीको खोजको तस्वीर प्रायः जारी गरिरहेको हुन्छ ।

यो खाल्डो कोरोलोभ क्रेटरको गहिराइ ५९ सय ५ फीट मानिएको छ । यसमा वर्षैभरि हिउँ हुने अनुमान छ । तापक्रम बढ्दा हावा चल्नुका साथै सतहमा केही हलचल भए पनि हिउँ वर्षभरि नै खाल्डोमा भरिएर बस्ने वैज्ञानिकहरूको अनुमान छ ।

यसै वर्ष मंगल ग्रहमा चट्टान, पानी, हिउँ र हावाका कारण उबडखाबड सतह देखिएको पुष्टि वैज्ञानिकहरूले गरेका थिए । अन्तरिक्ष अभियानका जानकारहरूले मंगल ग्रहमा केही समययता हलचल भएको बताएका छन् ।

मंगल ग्रह दुई गोलार्धमा विभाजित छ । मंगलको उत्तरी गोलार्ध दक्षिणी भागको तुलनामा केही तल रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्