मदन भण्डारी राजमार्ग रेखाङ्कन बारे मन्त्रीलाई ज्ञापन पत्र



दाङ । मदन भण्डारी राजमार्गको रेखाङ्नका वारेमा विभिन्न स्थानीय तहका विचमा भएका सहमतिका वारेमा भौतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठलाई जानकारी दिइएको छ । दाङ्ग जिल्लाका विभिन्न जनप्रतिनिधिहरुले ज्ञापन पत्र वुझाउँदै मन्त्रीलाई जानकारी गराएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् । घोराहीदेखि ववई गाउँपालिका सम्मका लागि घोराही र तुलसीपर उपमहानगर सँगै शान्तिनगर र बबई गाउँपालिकाका विचमा मदन भण्डारी राजमार्ग रेखाङ्कनको सहमति भएको थियो ।

राजमार्ग रेखाङ्कनको ज्ञापन पत्र वुझ्दै मन्त्री महासेठले स्थानीय तहका विचमा भएको सहमति अनुसार नै सडक निर्माण कार्य अगाडि वढाइने प्रतिवद्धता समेत जनाएका थिए । ‘मन्त्रीबाट सकारात्मक कुरा आएको छ, हामीले गरेको सहमति कार्यान्वयन हुने कुरामा हामी आशावादी छौ’ नगरप्रमुख पाण्डेले वताए । सहमति अनुसार काम अगाडि वढे दाङ्गका दुई राजमार्गले सुर्खेतलाई छुनेछन् ।

यसका साथै मन्त्रीसँग भएको भेटमा राप्ती राजमार्गको विस्तार र स्तरोन्नतीका साथै निर्माणाधिन पुलहरुको समयमै निर्माण कार्यसम्पन्नका लागि पहल लिन आग्रह समेत गरिएको थियो । ज्ञापन पत्र वुझाउने कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल वली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरप्रमुख घनश्याम पाण्डे लगायतको सहभागिता रहेको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्