विवाह मण्डपमै बेहुलीलाई माथी कुटपिट ,पाँचजना पक्राउ



तेह्रथुम – तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेमा बेहुलीको घरमा स्थानीय युवाहरुको समूहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट २२ वर्षीय बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका हुन।

प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदीप लिम्बु र वर्ष १७ का मन्दीप लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारकालागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्