महिलाहरुलाई सावुन बनाउने तालिम



दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी महिलाहरु लाई १ दिन सावुन निर्माण तालिम दिएको छ । जिल्लाका १५ उद्यमीहरु लाई तालिम दिएको तालिम संयोज विन्दु दाहालले जानकारी दिइन । उनका अनुसार संघलेकेही समय पछि सर्फ, अगरवती, दालमोट, भुजा वनाउने तालिम प्रदान गर्ने छ ।

सिप सिकेर महिलाहरु उद्यमी वन्न सहयोग पुगोस भनेर यस प्रकारको तालिम दिएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । सहभागिहरुले आफुहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि वढने बताएका थिए । तालिमका प्रशिक्षकमा लाइफ पोइन्ट प्रिसियज फयुचर ड्रिमका दिपक केसी रहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्