जातीय विभेद अन्त्य गर्न दलित र गैर दलित एक जुट हुन आवश्यक



बिष्णुकुमार देवकोटा,
दाङ ।
जातिय विभेद अन्तय गर्नका लागि दलित र गैह्र दलित सुमदायको संयुक्त प्रयास हुनुपर्ने आज दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
जातीय विभेद एवं अन्तरजातिय विवाहको मुख्य कथाबस्तु बोकेको लघु चलचित्र २१ मर्चको आज दाङमा ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

सैघाली खबर डटकमको उत्पादन तथा बेदना साँस्कृतिक परिवारको प्रस्तुतिमा समाजमा व्याप्त जातीय विभेदमा आधारीत लघु चलचित्र २१ मर्चको औपचारीक जानकारी दिन उदेस्यले नेपाल पत्रकार महासंघको सभाहरुलमा ट्रेलर सार्वजनिक गरिएको हो ।

 


च्लचित्रका लेखक तथा निर्दैशक ध्रुव सेपाईलिको सभाअध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ साखाका कोषाध्यक्ष आरके सितलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जिवी ढकाल, नेपाल सुनचााँदि व्यवसायी समितिका केन्द्रिय सदस्य ध्रुवराज गहतराज, नेपाल पत्रकार महासंघ दाङ साखाका निवर्तमामन अध्यक्ष सुदिप गौतम, वर्तमान कार्यसमितिका सचिव भुपेन्द्र वलि, परियार समाज सेवाका दाङका अध्यक्ष केसव पिरियार, नेपाल दलित संघ क्षेत्र नं ३ का सभापति शरद् विक लगाएतले सुभकानमा मन्तव्य व्यक्तगर्नुभएको थियो ।

चलचित्रको च्यारीटि शो यहि पौष २८ गते बिहान ९ः३० बजे घोराहीको निमाहलमा हुने आयोजकले जनाएको छ ।
चलचित्रमा सुदन थापा, ध्रुव सेर्पाईलि, हिना सोनी, राजु बि।क।, मनोज रसाईलि, अंकित डि।सी, भोजराज खनाल, प्रकास अधिकारी ,शसिराम बिष्ट, कल्पना घले, सँझना डि।सी, अमृता रसाईलि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्