माघी बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिव्र



निता चौधरी ,
तुलसीपुर।
यही पौष २५ गते तुलसीपुरमा हुन लागिएको तुलसीपुर क्षेत्र स्तरिय माघी बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिव्र पारिएको छ ।
आज तुलसीपुर उपमहानगरपालिमा बसेको भेलाले यसको तयारी तिव्र पारिएको जानकारी दिएको हो ।

नमुना भुइँह्यार थान समिति तुलसीपुरकोे आयोजनामा हुन लागेको उक्त कार्यक्रममा मघौटा नाच प्रतियोगिता हुने समितिका अध्यक्ष राम शरण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा ३० ओटा गाउँको मघौटा नाच प्रस्तुत गरिने भएको छ । कार्यक्रममा प्रथम हुनेलाई ६ हजार ५ सय, द्धीतिय लाई ५ हजार ५ सय , तृतीय हुनेलाई ४ हजार ५ सय र अन्य सहभागीहरुलाई प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गर्ने आजको भेलाले निर्णय गरेको छ ।

यस्तै सो कार्यक्रममा ८० बर्ष माथिका ५ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने, विभिन्न गाउँका २० जना महटवाहरुलाई सम्मान गरिने भएको छ । उक्त कार्यक्रममा सहभागी हुनकको लागि यही पौष २३ गतेसम्म नाम दर्ता सक्नुपर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा थारु कलाकारहरुको प्रस्सतुति रहने भएको छ ।

 

२५ गते विहान ९ वजे नमुना भुइँह्यार थानबाट थारुहरुको पहिचान झल्किने झाँकी सहितका ¥याली निकालिने भएको छ । नमुना भुइँह्यार थानबाट निकालिएको ¥याली तुलसीपुर बजारको परिक्रमा गरि पुनः भुइँह्यार थानमा गएर कोण सभामा परिणत हुने चौधरीले जानकारी दिनुभयो । साथै उहाँले ¥यालीमा सहभागी हुनका लागि सम्पूर्णलाई आग्रह पनि गर्नु भएको छ ।

नमुना भुइँह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा थारु कल्गाणकारिणी सभा क्षेत्र नंबर ३ का अध्यक्ष महेश चौधरी, छोटीलाल थारु लगायतले बोल्नु भएको थियो ।

उता दाङको घोराहीमा हुने प्रादेशिक माघी महोत्सवको उद्घाटन ५ नं। प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु हुने भएको छ ।
थारू समुदायको ठूलो पर्व माघको अवसरमा ‘संस्कृतिको विकासमा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा योगदान’ भन्ने नारा सहित महोत्सव यही पुस २६ र २७ गते दाङको घोराहीमा आयोजना हुने भएको हो ।

यहि बिच महोत्सवलाई भब्य रुपले सफल पार्नका लागि थाकस दाङका जिल्ला सभापति भुवन चौधरीको अध्यक्षतामा बसेको भेलाले अर्थ संकलन उपसमिति, अतिथि सत्कार उपसमिति सहित विभिन्न १९ वटा उपसमिति गठन गरेको छ ।

दुई दिने महोत्सवमा प्रदेश नं। ५ को जिल्लासंगै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं। ७ को कैलाली र कञ्चनपुर जिल्लालाई पनि सहभागी गराउने महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारू समुदायको मौलिक मघौटा नाच, कला, संस्कृतिसंगै गैर थारू समुदायको झाकी पनि प्रस्तुत गरिने चौधरीले बताउनुभयो । चौधरीका अनुसार महोत्सवमा थारू समुदायको परम्परागत थारू परिकार घोङी, ढिक्री, अन्डी चामलको भात, माछा, सुंगुरको मासु लगायतका खानपिनको पनि व्यवस्था गरिने छ ।

साथै महोत्सवमा थारू समुदायको परम्परागत हस्तकला डेल्वा, ढकिया लगायतका सामग्रीहरु र थारू भाषाका पुस्तकहरु प्रदर्शनी एवम् विक्रीमा राखिने महोत्सव आयोजकका प्रवक्ता प्रकाश चौधरीले जानकारी दिए ।

यस्तै महोत्सवमा थारू भाषा साहित्यको विकासमा राज्यको निति विषयक कार्यशाला गोष्ठी पनि गरिने भएको छ ।
शनिबार भएको भेलामा थाकसका जिल्ला सभापति भुवन चौधरी, प्राध्यापक केबि चौधरी, थारू महिला सभा दाङकी अध्यक्ष शान्ता चौधरी, महटावा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रशाद चौधरी लगायतले बोलेका थिए ।

महोत्सव थारू कल्याणकारीणी सभा दाङको आयोजना तथा विभिन्न संघसस्थाको सहआयोजनामा हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्