अब फेसबुकले बनाइदिने छ, किशोरी र अधवैंसे पुरुषको जोडी



अब फेसबुकले किशोरी र अधवैंसे पुरुषको जोडी बनाई दिनेछ । सुन्दा अच्चम लागे पनि फेसबुकले त्यसका लागि सबै तयारी पुरा गरेको छ ।

टेलिग्राफका अनुसार फेसबुकले १३ वर्षभन्दा माथि उमेरका किशोरीले अब नयाँ फेसबुक अकाउण्ट बनाउँदा उनीहरुलाई फेसबुकबाटै अधवैंसे उमेरका केटा मान्छेहरुलाई साथी बनाउन सजेसन आउने छ । ३ सयभन्दा धेरै अधवैंसे केटाहरुको सजेसन किशोरीलाई पठाइने यो नयाँ फेसबुकको फिचर कार्यान्वयन भइसकेको छ ।

यो विषयमा फेसबुकले नयाँ नयाँ फेसबुक प्रयोगकर्तालाई सरक्षित सोसल नेटवर्किङका सबै मापदण्डमा राखिने बताएको छ ।

तर फेसबुकको यस्तो फण्डाको आलोचना भएको छ । बेलायतको नेशनल सोसायटी फर प्रिभेन्सन अफ क्रुएलिटी टू चिल्ड्रेनले यस्तो सजेसन बन्द गर्न आग्रह गरेको छ । उसले फेसबुकको यस्तो फिचरले यौनउत्पीडन बढाउने दावी गरेको छ ।

उसले भनेको छ, ‘सामाजिक सञ्जालमा बच्चाहरु साथी बनाउँछन्, उनीहरुको सम्पर्कबारे जानकारी हुन्छ, साथीका साथी फ्रेण्डसिप गर्छन्, उनीहरुलाई रिक्वेस्ट आउँछ, जबकी यसको कुनै परमाणित जानकारी हुँदैन । यसैले यस्तो सजेसन बन्द गर्नुपर्छ ।’

अक्टुबरमा फेसबुकले अटोमेटिक सफ्वेयरबाट बच्चाहरुको अश्लिलतासँग सम्बन्धित ८७ लाख यूजर डाटा हटाएको थियो । फेसबुकले बालबालिकाको सुरक्षाका लागि मापदण्ड अपनाइएको तर्क गर्दै आएको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्