दुबै मृगौला फेल भएपछि मृत्यु कुर्दै सोमबहादुर



हामीले विशेष गरी काठमाडौँको रत्नपार्क क्षेत्रमा माग्न बसेका धेरै प्रकारका मानिसहरु देखेका छौंं । तिनीहरुले आ–आफ्नै समस्या देखाएर पैसा मागिरहेको पनि देखेका छौं । कतिपयले छोराको उपचारको लागि भन्दै साउण्ड सिस्टम नै खडा गरेर मागिरहेका हुन्छन् । कतिले साना–साना छोराछोरीलाई पुस माघको जाडोमा र चैत बैशाखको घाममा पनि बाटैमा सुताएर मागी रहेका हुन्छन् ।

यो काठमाडौंको यथार्थ दृष्य हो । अहिलै पनि तपाई रत्नपार्क क्षेत्रमा जानु भयो भने यस्ता दृष्य देख्न सक्नु हुन्छ । यो कति सम्म सत्य हो भनेर कसैले खोजेको छैन् । सरकारलाई यस्तो विषयमा थाहै छैन । पत्ता भएपनि सरकारले नदेखे झै गरेको छ ।

दिप गुरुङले सोमबहादुर जोगीसँग गरेको कुराकानी

यही रत्नपार्कको यथार्थ दृष्यलाई हामीले तपाईहरुलाई देखाउन खोजिरहेका छौं । तपाईहरुलाई लाग्न सक्ला कस्तो घटना भनेर । तर यो यथार्थ घटना सोमबहादुर जोगीको हो । उनका दुवै मृगौला फेल भएका छन् । मृगौला प्रत्यारोपन गर्नलाई उनीसँग रकम छैन ।

त्यसैले टिचिङ्ग हस्पिटल आसपासको एक मन्दिरमा मागेर रकम संकलन गरिरहेका छन् । तर उनले मागेको रकमले कोठा भाडा तिर्न पनि पुग्दैन ।

उनी आफ्नो जीवन बचाइदिने दाताको खोजीमा अझैपनि प्रयासरत छन् । उनका काठमाडौंमा उपचार गर्न बस्दाका कहाली लाग्दा दैनिकी कस्ता छन् ? सबै कुरा बुझ्नको लागि उनकै कोठामा गएर साथी दिप गुरुङले सोमबहादुर जोगीसँग गरेको कुराकानी हेर्नुहोला

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्