यसरी मनाइयो दाङमा टोपी दिवस (फोटो फिचर)



दाङ।

‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ दाङको घोराहीमा पनी छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाइएको  छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डला, हनुमानढोका लगाएतका ठाउँमा जस्तै देशका विभिन्न ठाउँमा पनि मनाइएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी ढाका टोपी, भाद्गाउँले टोपी०लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

तस्बीर -समीर वलीको फेसबुक बाट

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्