नेपालमा बालविवाह गर्ने भारतीयलाई कैद



सप्तरी । बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।

 

भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

आरोपीले छिमेकी मुलुक भारतमा पुर्याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै बालिकाका बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए। रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्