बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा भने फोरजी प्रविधि भित्रिएकै धेरै समय भएको छैन ।
यहाँ फाइभजी पनि आएको छैन तर चीनमा भने सिक्सजीसमेत आउने भएको हो । चीनको सूचना प्रविधि मन्त्रालयसँग काम गरिरहेको फाइभजी वर्किङ ग्रुपका अनुसार २०२० सम्म सिक्सजीको परीक्षण सुरु हुनेछ ।
२०१९ मा चीनको पूरा ध्यान देशभर फाइभजी प्रविधिको विस्तारमा केन्द्रित रहनेछ । यसको लागि देशभर साढे ३ लाख नयाँ टावर स्थापना गरिएको छ ।
अहिले नेपालमा चलिरहेको फोरजी प्रविधिलाई फाइभजी बनाउने हो भने अहिलेको इन्टरेटको गतिलाई २५ देखि ३० गुणा बढाउन सकिनेछ ।
सिक्सजी प्रविधि फाइभजी भन्दा पनि ३० गुणा छिटो डाटा ट्रान्सफर गर्न सक्षम हुनेछ । सिक्सजीको लागि काम सुरु भइसकेको छ र यसको परीक्षण सफल भएमा चीन सिक्सजी प्रविधि भएको संसारकै एकमात्र देश बन्नेछ ।
सिक्जी प्रविधिमा मेगाबाइट प्रतिसेकेण्ड वा गिगाबाइट प्रतिसेकेण्ड मात्र नभइ टेराबाइट प्रतिसेकेण्डको गतिमा डाटा ट्रान्सफर हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।