तपाईँको फोनले तपाईँको व्यक्तित्वका बारे के भन्छ ?



बीबीसी । हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो पहिचानको हिस्सा बनिसकेको छ। हामी मध्ये धेरैले प्रत्येक दिन कम्तीमा पाँच घण्टाभन्दा बढी त्यस्ता उपकरणसँग समय बिताउने गर्छौँ।

तर यी स्मार्टफोनले हामी को हौँ भन्ने बारे के भन्छन्?
युनिभर्सिटी अफ लिङ्कन र ल्यांकस्टर युनिभर्सिटी का शोधकर्ताको एक समूह ले ५०० भन्दा बढी एन्ड्रोइड र आइफोन प्रयोगकर्ता र उनीहरूको स्मार्टफोन प्रतिको दृष्टिकोण नियालेका थिए।

तपाईँको व्यक्तित्व र स्मार्टफोन बीचको सम्बन्ध पत्ता लगाउने यो पहिलो अध्ययन हो। र, उनीहरूले के पाए भन्दा हाम्रो रोजाईको स्मार्टफोनले हाम्रो व्यक्तित्व बारे केही महत्त्वपूर्ण जानकारी दिन्छ।

उदाहरणका लागि, आइफोन प्रयोगकर्ताको तुलनामा एन्ड्रोइड प्रयोगकर्ता धेरै ईमान्दार हुन्छन्। तर आइफोन प्रयोगकर्ताहरू एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा जवान अनि खुला विचारका देखिएका छन्। महिलाहरू आइफोन मन पराउँछन्।

अध्ययन ले के पायो भने पुरुषको तुलनामा महिलाहरूले आइफोन खरिद गर्नसक्ने सम्भावना लगभग दोब्बर देखिएको छ। तर, यस्तो किन त भन्नेबारे भने केहिपनि स्थापित हुन सकेको छैन।

अर्को तर्फ, एन्ड्रोइड प्रयोगकर्ता भने अधबैँसे पुरुष हुने सम्भावना बढी रहन्छ। तर स्मार्टफोनको रोजाई र मानिसको व्यक्तित्वबीच सम्बन्ध किन हुन सक्छ ?

शोधकर्ताहरू यसलाई व्यक्तिले आफ्ना रुचि बेरुचिका विषयमा आफ्नो छनौट प्रस्तुत गरेर आफूलाई खुला रुपमा अभिव्यक्त हुन दिने प्रकृयासँग जोडेर हेर्न चाहन्छन्।

ूस्मार्टफोन प्रयोगकर्ताहरूको फोन बढ्दो रूपमा तिनीहरू स्वयं कै सानो डिजिटल संस्करण बन्दैछ भन्ने स्पष्ट हुँदैछ, उक्त अध्ययनको सहलेखक हेदर श भन्छिन्। हामीमध्ये धेरैलाई आफ्नो फोन अरूले प्रयोग गर्ने प्रयास गरेको मन पर्दैन किनकि उक्त फोनले हाम्रो बारे धेरै कुरा खोलिदिन सक्छ।

आइफोन प्रयोग गर्नेहरू एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा बढी समृद्ध हुँदैनन् भन्ने कुरा अध्ययनले देखाउँछ। तर आइफोन प्रयोगकर्ताहरू भने आफूले उपयोग गर्ने स्मार्टफोनलाई बढ्दो रूपमा आर्थिक हैसियत जनाउने बस्तु स्टेटस अब्जेक्टको रूपमा हेरिने कुराबाट चिन्तित छन्।

शोधकर्ताहरूले आफ्नो अनुसन्धानलाई एक कदम अगाडि बढाउँदै एउटा कम्प्युटर प्रोग्राम बनाए जसले कस्ता व्यक्तिले कस्तो किसिमको स्मार्टफोन प्रयोग गर्छन् भन्ने अनुमान गर्न सक्छ। उक्त प्रोग्राम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्