कस्ती महिलाले बच्चा जन्माउन सक्दिनन् ?



जन्मेकी एउटी सानी नानी समयको अन्तराल संगै विकास हुदैँ जान्छे , विस्तारै उसको शरिरको वृद्धि हुदैँ जान्छ । महिला भएर जन्मेपछी कुनै पनि महिला आमा बन्न सक्षम हुन्छिन् । संसारमा आमा मात्र नै हुन् कि आफ्नो पेटमा बच्चालाई नौ महिना राखेर जन्म दिने । तर दुर्भाग्यवश् कोही कोही महिलामा यस्तो समस्या पनि आउन सक्छ जसको कारणबाट उनिहरु आमा बन्न सक्दैनन् अर्थात् बच्चा जन्माउने क्षमता उनिहरुमा हुदैन , आउनुहोस् पर्ढौ कस्ती महिलाले बच्चा जन्माउन सक्दिनन् ,

 

– वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु ।

– वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ ।

– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।

– योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।

– ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ ।

– रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।

– आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।

– गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङ्गहरुमा टी.बी. जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ ।

– स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्