प्रविधिको प्रयोगले रुपान्तरण हुँदै नेपाली समाज



काठमाडौं। पछिल्लो समयमा कुनै ठाउँमा चोरी तथा भ्रष्टाचार हुन्छन् भने त्यो ठाउँमा प्रविधिहरु जडान गरिएका थिएनन्? भनेर जो कोहीले प्रश्न गर्ने गर्छन्।मुलधार तथा मोफसलका विभिन्न सहरी क्षेत्रहरुमा प्रविधिले निकै नै मद्दत पुर्याउँदै आएको छ। सबैभन्दा बढी चोरी हुने ठूला सहरमा सिसी क्यामराले नै चोरी नियन्त्रण गर्न निकै मद्दत पुर्याउँदै आएको छ।

हत्या, हिंसा, गुण्डागर्दीलगायतका घटनालाई पनि प्रविधिको प्रयोगले यस्ता घटनाहरु कम हुँदै गएका छन्। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याकाण्ड होस् या पोखराका विभिन्न पसल तथा घरमा रंगेहात पक्राउ परेका चोर काण्डमा होस् सिसी क्यामराले निकै मद्दत गरिरहेको छ।

‘प्रविधिले अपराधलाई नियन्त्रण मात्र होइन, समयलाई पनि ध्यान दिएको छ’, प्यासेन सेक्युरिटी सोलुसनका प्रबन्धक ज्ञानेन्द्र भट्टराईले भने, ‘सरकारी तथा सार्वजनिक ठाउँहरुमा यस्ता प्रविधिहरु जडान गर्दा समयको पालनाका साथै नीति नियम पनि पालना गर्न साजिलो भएको छ।’

काठमाडौंको त्रिपुरेश्वरमा रहेको प्यासेन सोलुसन प्रालि पनि प्रविधिका क्षेत्रमा करिब ७ वर्षदेखि सेवा दिदै आएको छ। २०६८ सालमा सञ्चालनमा आएको उक्त प्रालिले आफ्ना ५ सय भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको प्रवन्धक भट्टराईले जानकारी दिए।

पछिल्लो समयमा सिसी क्यामरासंगै विद्युतीय हाजिरी, एक्सेस कन्ट्रोल सिस्टम, टोकन सिस्टमलगायतको बढी प्रयोग भैरहेको छ। निजी, सार्वजनिक तथा अफिसियल रुपमा सिसी क्यामरा जडान गरिन्छन्, जसले गर्दा चोरी तथा कुनै किसिमका सामाग्रीहरुको सुरक्षाका लागि सिसी क्यामराले निकै टेवा पुग्ने गरेको भट्टराईले बताए।

सिसी क्यामरा जस्तै जडान गरिएका विद्युतीय हाजिरीले पनि कर्मचारीहरुको समय अनुसार नियमको पालना गर्न सजिलो गराउँछ। सरकारी तथा गैरसरकारी कार्यालयमा सबै कर्मचारीहरुले कार्यालयमा उपस्थित गराउँन यो प्रविधि जडान गरिन्छ।

विद्युतीय हाजिरीसँगै एक्सेस कन्ट्रोल सिस्टम (ढोका)ले पनि धेरै सुरक्षा र सहजता हुने गर्छ। जो कोहीले अफिसियल तथा व्यापारिक सामानहरु चलाउन रोक हुन्छ। जसले गर्दा सामानहरु सुरक्षित हुने गर्दछन्। घर तथा कार्यालयमा सिधै प्रवेश गर्न पाउँदैन। जिम्मेवार व्यक्तिको मातहतमा रहेर अनुमति अनुरुप मात्रै आउन जान सकिने व्यवस्था हुन्छ। यो खालको प्रविधिले पनि धेरै नै सुविधा दिएको छ ।

त्यस्तै टोकन सिस्टमले पनि लाईन लाग्ने झन्झटलाई निकै सजिलो बनाएको छ। कुनै काम गर्दा लाइनमा बसेर दुःख पाउनु भन्दा सो भिडलाई नियन्त्रण गर्न टोकन सिस्टमको प्रयोगले एकदमै सजिलो हुन्छ। यस्ता प्रविधिले मुलकभर नै कामको झन्झटिलो अवस्थालाई सहजता दिइरहेको छ। प्राय सरकारी निकायहरुमा यस्ता खालका प्रविधिले जडान गरिँदै आएका छन्।

बैंक, कलेज, व्यवसाय, सम्पति, सरकारी तथा गैर सरकारी निकायमा विभिन्न खाले प्रविधिहरु जडान गरिन्छन्। प्रविधिको जडानले कतिपय ठाउँमा सडकमा प्रहरीको काम गरेको, विभिन्न खाले दुर्घटना तथा घटनाहरुलाई नियन्त्रणमा ल्याएको, धेरै मेम्बरहरुलाई परिचालन गर्नुपर्ने ठाउँमा थोरैको संख्याले पनि सजिलो हुने गरेको प्यासेन सोलुसन प्रालिका प्रवन्धक ज्ञानेन्द्र भट्टराईले बताए।

सरकारी, गैरसरकारी तथा सार्वजनिक स्थलहरुमा विभिन्न खाले प्रविधि जडान तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेतको पालादेखि सुरु गरिएको हो। नेपाल सरकार सिसीटिभि कार्यविधि २०७२ अनुसार प्रविधिहरु जडान गरिँदै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्