अल्फाको ३० औँ वार्षिकोत्सव सम्पन्न



दाङ, । अल्फा इङलिस बाेर्डिङ स्कुलको ३० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको शनिबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा वोल्दै प्रदेश सभाका सदस्य अमरवहादुर डाँगीले अहिले शिक्षण पद्धतीलाई सुधार गरेर अगाडि वढाउनुपर्ने बताउनु भएको छ ।

बालबालिका भित्र रहेको अन्तरनीहित प्रतिभालाई बाहिर ल्याउनका लागि शिक्षण सिकाइमा सुधार हुन जरुरी रहेको बताउनुभयो । ‘मानिसका कुनै न कुनै प्रतिभा हुन्छ त्यसलाई वाहिर ल्याउने वातावरण निर्माण गरीदिनु पर्दछ’ सांसद डाँगीले भन्नुभयो । कार्यक्रममा वोल्ने सहभागिहरुले विद्यार्थीलाई अगाडि वढाउन घरपरिवारले पनि उचित ध्यान दिनु पर्ने बताए ।

घर परिवार वालवालिकाको पहिलो शिक्षालय भएको उनीहरुको भनाई थियो । कार्यक्रमा प्रिन्सिपल अादिम के.सी. ले विद्यालय प्रगति विवरण प्रस्तुत गर्नुभएकाे थियाे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष किशोर पोख्र्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसदन केसी, प्रहरी निरीक्षक शशीधर शर्मा , पूर्व अभिभावक सावित्रा राना, पुर्व विद्यार्थी डा.अभ्यास पोखेल,शिक्षक तिलकराम अधिकारी लगायतले भनाइ राख्नुभएकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक हेमन्त अधिकारी र गौरी योगीले गर्नुभएको थियो ।

त्यस अवसरमा विद्यालयले विद्यालयमा अध्ययन गरेर उच्च पदमा पुग्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो भने वालवालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्