फेसबुकले थाल्यो फेक पोष्ट विरुद्ध कारवाही



फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ ।

बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट चेकिङ्गको कारवाही सुरु गर्नेछ ।

यसअघि द गार्जियनमा एउटा खबर छापिएको थियो, जसमा फेसबुकले यस्तो सहकार्यमार्फत् सोसल नेटवर्कमा आउने सामग्रीको सत्यताको तथ्य जाँच र समीक्षा गर्ने उल्लेख गरिएको छ ।
तथ्य जाँचकीको टोलीले फेसबुकमा भाइरल हुने तस्वीर, भिडियो तथा तथ्यहरुको जाँच गर्नेछ र त्यस्ता सामाग्रीहरु झूट तथा अफवाह भए नभएको पत्ता लगाउनेछ ।

यसरी जाँच हुँदा कुनै पनि पोष्टहरु अफवाह तथा झूटो भएको पाइएमा त्यसबारेमा सम्बन्धित फेसबुक प्रयोगकर्तालाई जानकारी गराइनेछ । यद्यपि, फेसबुक प्रयोगकर्तालाई त्यस्ता सामग्री पढ्ने तथा शेयर गर्नबाट रोक्ने प्रणाली भने फेसबुकले बनाउने छैन ।

यद्यपि, फेसबुकको न्यूजफिड एल्गोरिदमले पनि फेक सामग्रीहरुलाई धेरै प्रयोगकर्तासम्म पुग्नबाट रोक्ने गर्दछ । फ्याक्ट चेकिंग लामो काम हो र यसका लागि जाँचकीहरुको टोलीले आफ्नो स्तरबाट काम सुरु गरिसकेको बताइएको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्