यस्तो छ वैज्ञानिक न्युटनबारे रोचक तथ्य



-महान् वैज्ञानिक आइज्याक न्युटनको जन्म सन् १६४३ जनवरी ४ मा इंग्ल्यान्डस्थित लिंकनसायरमा भएको थियो ।
-न्युटन जन्मिनुभन्दा तीन महिनाअघि नै उनका पिताको मृत्यु भएको थियो । उनका पिताको नाम पनि आइज्याक न्युटन नै हो ।
-जब न्युटन तीन वर्षका भए । उनकी आमाले आफ्नी आमालाई न्युटन जिम्मा लगाएर पोइल गइन् । यसकारण न्युटनले सौतेलो बाबुसँग सानैदेखि बदलाको भावना राखेका थिए ।
-न्युटन जन्मिने वेलामा कम तौल र सानो उचाइ भएका थिए । तसर्थ, चिकित्सकले उनी बाँच्दैनन् भनेका थिए ।

-न्युटनले गणित, भौतिकशास्त्र र खगोलशास्त्रबाहेक धार्मिक किताबसमेत लेखेका छन् ।
-आफूले गरेको खोजबारे अरूलाई भन्न न्युटन डराउने गर्थे । यसर्थ, उनले करिब २० वर्षसम्म आफ्ना खोजबारे कसैलाई भनेनन् ।
-सानो छँदा न्युटन पढाइमा अब्बल थिएनन् । यद्यपि, आफू २३ वर्षको हुँदा नै उनले गुरुत्वाकर्षण शक्ति पत्ता लगाएका थिए ।
-पृथ्वीले सूर्यको गोलाकार नभई अण्डाकारमा परिक्रमा गर्छ भन्ने कुरा न्युटनले नै प्रमाणित गरेका हुन् ।
-प्रकाश परावर्तन गर्ने दुरबिन न्युटन आफैँले बनाएका थिए । जो आज पनि  प्रयोगमा ल्याइन्छ ।
-न्युटनले प्रतिपादन गरेको गणितको एक सिद्धान्तमा क्याल्कुलेसन गलत थियो । जसलाई करिब तीन सय वर्षसम्म कसैले ध्यान दिएनन् ।
-न्युटन एक वर्षसम्म बेलायतको संसद्का सदस्यसमेत थिए । संसद्मा बस्थे, उनी । तर, रोचक कुरा संसद्मा रहँदा उनी एकपटक मात्र बोलेका थिए । त्यो पनि आफ्नो छेउमा बसेको मानिसलाई झ्याल बन्द गर्न अनुरोध गरेका थिए ।
-एप्पल कम्पनीको पहिलो लोगोमा न्युटनको फोटो थियो । यस कम्पनीको एउटा प्रडक्टको नामसमेत उनको नामबाट राखेको थियो ।
-भनिन्छ, वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो प्रयोगशालामा न्युटन, माइकल फराडे र जेम्स म्याक्सवेलको फोटो राख्ने गर्थे ।
-न्युटनलाई ‘सर’ (श्रीमान्) उपाधि दिइएको थियो । तर, उनी आजीवन अविवाहित रहे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्