पत्रकारितामा ३० करोड डलर लगानी गर्दै फेसबुक, स्थानीय समाचारलाई प्राथमिकता दिइने



एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पत्रकारिता क्षेत्रमा ३० करोड डलरको लगानी गर्ने भएको छ। फेसबुकले मंगलबार आउँदो तीन वर्ष भित्रमा पत्रकारितासँग सम्बन्धीत विभिन्न परियोजनाका लागि ३० करोडको लगानी गर्ने घोषणा गरेको हो।

यस परियोजनाले खासगरी स्थानीय समाचारलाई बढावा दिने छ। आजको डिजिटल युगमा स्थानीय समाचारको निकै माग छ। फेसबुककी उपाध्यक्ष (ग्लोबल न्यूज पार्टनरसिप प्रभारी) क्याम्पबेल ब्राउनले एक ब्लग पोस्ट गर्दै भनेकी छिन्, आजभोलि मानिस स्थानीय समाचार चाहन्छन् र स्थानीय न्यूजरुमलाई अत्याधिक सपोर्टको आवश्यक छ। त्यसैले आज हामी यो कुराको घोषणा गर्दछौँ की आउँदो वर्षमा स्थानीय समाचारलाई बढावा दिनका लागि हामीले वित्तिय सहयोग उपलब्ध गराउनेछौँ।

यस पहलमा ब्रिंगिग स्टोरीज होम लन्च गर्नका लागि पुलित्जर सेन्टरलाई दिने ५० लाख डलर पनि सामेल गरिएको छ। जसले ती विषयलाई कभर गर्नका लागि प्रोत्सान दिनेछ, जुन स्थानीय समुदायलाई प्रभावित गर्ने हुन्छन्। हरेक वर्ष १२ स्थानीय इन डेप्थ, मल्टीमिडिया रिर्पोटिङ प्रोजेक्टलाई वित्तिय सहयोग प्रदान गरिने छ।

त्यस्तै ब्रिटेनस्थित सामुदायिक न्यूज प्रोजेक्टका लागि पनि ६० लाख डलर उपलब्ध गराउने फेसबुकले घोषणा गरेको छ। जुन प्रशिक्षक सामुदायिक पत्रकारिता भर्तीका लागि रिच, न्यूजक्वेस्ट, जेपीआई, आर्चेट, मिडल्याण्ड न्यूज एसोशियसन र नेशनल काउन्सिल फर द ट्रेनिङ आफ जर्नालिस्टसहित क्षेत्रीय समाचार संगठनका लागि सहयोगी हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्