६ वर्षे बालिका बलात्कारको आरोपमा छिमेकी पक्राउ



उदयपुर : ६ वर्षे बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  त्रियुगा नगरपालिकाका ६ लालपत्तका ४५ वर्षीय काजी भनिने रामबहादुर विकलाई शुत्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईका अनुसार सोही स्थानका छिमेकीको ६ वर्ष छोरीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो।

‘घर नजिक भान्सा घर र कुखुराको खोर छेउमा पराल बिछ्याएको रहेछ,’ उनले भने, ‘त्यही परालमा जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुन साथ पक्राउ गरेर अनुसन्धान थालेका छौँ।’ बालिकाको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान थालिएको प्रहरीको दावी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्