कसरी चार्ज गर्ने मोबाइल ?



आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि, बिहान सबेरैदेखि राति अबेरसम्म कामै–काम हुन्छ । यस्तो जीवनशैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइँदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईंको मोबाइलको ब्याट्री नै कमजोर छ । वा, समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो भने यी कठिनाइबाट यसरी छुट्कारा पाउन सकिन्छ ।

अहिले देशमा लोडसेडिङ छैन । त्यसैले तपाईंलाई मोबाइल राम्रोसँग चार्ज गर्नलाई समस्या छैन । यसो भनेर मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ ।

 

लोडसेडिङ हुनेताका पावर बैंकबाट बढी मोबाइल चार्ज गर्ने प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।

जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौँ उही कम्पनीको चार्जर प्रयोग गर्दा ब्याट्री लामो समयसम्म टिक्छ ।

मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै जिम्मा (अथोराइज्ड)मा हुन्छ । या भनौँ ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनुपर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्