हराएको १२ घण्टापछि जंगलको झाडीबाट बालबालिकाको सफल उद्दार (भिडियो हेर्नुस)



जाजरकोट । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ६ पुन्माका दुर्ग बहादुर पुनका५ बर्षीय छोरा वीर बहादुर पुन र सोही ठाउँका तिलक पुनका ६ बर्षिया छोरी कविता पुन आइतबार दिउसोदेखि नजिकैको जंगलमा हराइ रहेकोमा थिए।हराएका बालबालिकालाई झण्डै १२ घण्टा पछि उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जंगलमा हराएका बालबालिकालाई १२ घण्टा भन्दा पछि उद्धार गरेको हो ।
बालिका कविता झाडीमा लड्दा टाउकोमा तीन टाउमा चोट लागेका छ भने बालक वीर बहादुर पुनको अबस्था भने सामान्य रहेको छ ।
आइतवारका दिन आमा, बुवा घरमा नभएको अवस्थामा दिउसोको समयमा नजिकैको जंगलमा गएर बालबालिका हराएको सोहि वडाका वडाध्यक्ष शसी वुढाले बताएका छन् ।

घर नजिकैको वाटोमा आएका बाँदर लखेट्न जंगल तिर दौडिएका ती बालबालिका एक रात भरि जंगलमा निकै पिडाका साथ रहेको र सोमवार विहान प्रहरी र सेनाको टोलीले दुवै जनालाइ घाइते अवस्थामा फेला पारी उद्दार गरिएको जाजरकोट जिल्ला प्रहरी प्रमुख रबिन्द्र बहादुर सिंहले वताएका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जगतिपुरको प्रहरी टोली र नेपाली सेनाको ज्वालादल गण मालिका व्यारेकका सेनाको टोलीले जंगलवाटै उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सिंहले जानकारी दिएका छन् ।

कविताको टाउकोमा तीन ठाउँमा चोट लागेको र उनको अवस्था गम्भीर रहेकोले उनलाइ थप उपचारका लागि कोहलपुर रिफर गरिएको, वीरवहादुरलाई जिल्ला अस्पतालवाट उपचार गरि घर पठाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।

जंगलमा हराइ रहेकी कविता झाडीमा खसेर घाइते वनेको अवस्थामा भेटिएको र वीरवहादुरको चिसोले काम्दै खाल्डो परेको जमिनमा घोप्टो परेर सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरमा बालवच्चा हराएपछि अभिभावकहरु धामी हेराउन गएको र धामीले भोलि पल्ट भेटिन्छ भनेपछि खोजी नगरेर उनीहरु घरमा गएर सुतेको पनि प्रहरीले जनाएको छ । बाँकी तलको भिडियो हेर्नुसः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्