आज माघ २४ गते सुनको भाउ ह्वात्तै घट्यो



काठमाडौं । आज बिहीबारको दिन नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । बुधबार बजारमा सुन प्रति तोला ६२ हजार ४ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज बजारमा ह्वात्तै घटेर सुन तोलामा ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।बुधबार चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्