आज मलेसियन रिंगिट देखि सबै देशको मूल्य कति ?



काठमाडौँ । आज शनिबार नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार मलेसियन रिंगिट बाहेक प्राय सबै देशको रेट घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ। हिजो शुक्रबार डलरको भाउ ११४ रुपैयाँ २० पैसा रहेको थियो।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ २८ पैसा छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७७ रुपैयाँ ९९ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ४२ पैसा रहेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्