राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर



काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३९ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

आइतबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९६पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ६५ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८२ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्