आफ्नै नातिनी बलात्कार गरेको आरोपमा ७० बर्षीय बृद्ध पक्राउ



आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुवा लाइ प्रहरीले पक्राउ गरेको छ। मालिका गाउँपालिका घमिरका ७० वर्षे बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको खबर बाबुसमक्ष पुगेपछि पीडितले प्रहरी समक्ष्य उजुरी दर्ता गरेका थिए ।, ‘अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ’ बस्नेतले बताए ।

प्रहरीका अनुसार गुल्मीको जोहाङ्ग स्थित विवाहमा आएका बाग्लुङ्गका २४ बर्षिय युवाले पनि १२ बर्षिया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन् । उनलाई गुल्मी लुम्छाबाट प्रहरीले पक्राउ गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्