कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले ९फागुन १० लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ८३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रिदर ३७२ रुपैयाँ ९३ पैसा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्