जिमेलमा थपिए यी नयाँ फिचर्स



गुगलले हालै आफ्नो इमेल सर्भिस जिमेलमा कैयन् नयाँ फिचर्स थप गरेको छ । यही हप्ता आफ्नो ब्लग पोष्टमा गुगलले यसको घोषणा गरेको छ ।

गुगलले जिमेमा राइट क्लिक मेन्यूमा केही नयाँ उपयोगी फिचरहरु थप गरेको छ । अहिले जिमेलमा राइट क्लिक मेन्यूमा रिप्लाई, डिलिट तथा आर्काइभ अप्सन रहेका छन् ।

अहिले नयाँ फिचर थप भएसँगै प्रयोगकर्ताले राइट क्लिक मेन्यूमा सिधै इमेलबाट धेरै काम गर्न सक्नेछन् ।जिमेलको राइट क्लिक मेन्यूमा रिप्लाई, फरवार्डिङ्ग, लेबल एड, इमेल सर्च, इमेल मूभ तथा नयाँ विन्डो खोल्नेजस्ता अप्सनहरु थपिएका छन् ।

आगामी फेब्रुअरी २५ सम्ममा यी फिचर्स सबै जिमेल प्रयोगकर्ताले प्राप्त गर्ने जिमेलले जनाएको छ । र राइट क्लिक मेन्यूमा नयाँ अप्सन एक्टिभेट गर्नका लागि प्रयोग कर्ताले कुनै थप काम गर्नुपर्ने छैन ।

एक अर्को समाचार अनुसार जिमेलले स्पाम इमेल फिल्टर गर्नका लागि मेसिन लर्निङ सिस्टममा आधारित एक नयाँ टूल डेभलप गरेको छ । कम्पनीको उक्त नयाँ टूलको नाम त्भलकयचायिध रहेको छ ।

द भर्जका अनुसार जिमेलको यो टूलले हरेक दिन १० करोड स्पाम मेसेज ब्लक गर्नमा सहयोग गरेको छ ।

एजेन्सी

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्